जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दै रूसले उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरेको दाबी

राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दै रूसले उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरेको दाबी

काठमाडौं। रूसले विगत आठ महिनामा उत्तर कोरियालाई १० लाख ब्यारेलभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गरेको हुन सक्ने बेलायतस्थित एउटा अनुसन्धान संस्था ओपन सोर्स सेन्टरले जनाएको छ । सेन्टरले भूउपग्रहीय तस्वीरहरूको विश्लेषणका आधारमा यो तथ्य बाहिर ल्याएको हो ।

युक्रेन विरुद्धको युद्धमा प्योङयाङले मस्कोलाई पठाएको हतियार र सेनाको रकम बापत रूसले उत्तर कोरियालाई तेल दिएको बेलायली विदेशमन्त्री डेभिड लेमीले बताए । प्योङयाङलाई तेल आपूर्ति गरेर मस्कोले संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाउँदै आएको प्रतिबन्धको उल्लंघन गरेको जनाइएको छ ।

राष्ट्रसंघले उत्तर कोरियाले थप परमाणु हतियार विकसित गर्न नसकोस् भनेर निकै कम मात्रामा बाहेक उसलाई तेल बिक्री गर्नमा प्रतिबन्ध लगाउँदै आएको छ । खुला विश्व बजारबाट तेल खरीद गर्नमा प्रतिबन्ध लगाइएको उत्तर कोरिया विश्वकै एक्लो देश हो । राष्ट्रसंघले सन् २०१७ मा प्योङयाङमाथि प्रतिवर्ष पाँच लाख ब्यारेल प्रशोधित पेट्रोलियम मात्र आपूर्ति गर्न पाउने गरी अधिकतम सीमा तोकेको थियो । उत्तर कोरियाले बर्सेनि ९० लाख ब्यारेल पेट्रोलियम पदार्थ खपत गर्दै आएको छ । आफूलाई आवश्यक पर्ने इन्धनको थप मात्रा उत्तर कोरियाले आपराधिक सञ्जाल मार्फत खरीद गर्दै आएको छ ।

भूउपग्रहबाट खिचिएका दृश्यले मार्च यताका आठ महिनामा रूसको सुदूरपूर्वमा रहेको तेल आपूर्ति केन्द्रमा एक दर्जनभन्दा बढी उत्तर कोरियाली तेल ट्यांकरहरू ४३ पटक आवत जावत गरेको देखाएको छ ।

यसैबीचमा नोभेम्बरसम्ममा करीब ११ हजार उत्तर कोरियाली सैनिक युक्रेन विरुद्धको युद्धमा सघाउन रूस पुगेको खबर आएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनले गत जुनमा मात्रै रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका