जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा

उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको हो।

छैटौँपल्ट फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सीमित बनेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।

तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा पनि नेपाली टोली सम्हालेका थिए। उक्त प्रतियोगितामा पनि नेपाल फाइनलमै पराजित भएको थियो। जोर्डनले नेपाली टोलीमाथि विजय प्राप्त गरेको थियो।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौँ हार हो भने समग्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सन् २०१० यता नेपाली राष्ट्रिय महिला टोलीको १२ औँ हार हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका