जोडिनुहोस
  • होमपेज
  • रास्वपाको चेतावनी– उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

रास्वपाको चेतावनी– उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

काठमाडौं। प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए।

उनले राजनीतिक दलबीच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए।

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚ ‘के नेपाली लोकतन्त्र यति कमजोर हो। लोकतन्त्रको हुर्मत लिने हो?’

उनले सङ्ख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका