जोडिनुहोस
  • होमपेज
  • रास्वपाविरुद्ध एमाले महासचिवको कटाक्षः कस्तो विकल्प र सुशासन दिन खोजेको हो, स्पष्टै भयो

रास्वपाविरुद्ध एमाले महासचिवको कटाक्षः कस्तो विकल्प र सुशासन दिन खोजेको हो, स्पष्टै भयो

काठमाडौं। सरकार नेतृत्वकर्ता नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनको पार्टीका नेताहरूविरुद्ध कटाक्ष गरेका छन्।

संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्षविपक्षमा बहस भइरहेको छ।

सत्ता पक्षले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने दोषी किटान भएकाले कारबाही हुने जिकिर गरिरहेको छ भने लामिछाने पक्ष पनि आफू निर्दोष प्रमाणित भएको दाबी गर्दै रमाइरहेको छ। सर्वसाधारण भने रनभुल्लमा परिरहेका छन्।

यसैबीच एमाले महासचिव पोखरेलले गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्ने र शेयर होल्डर बन्ने लामिछानेको दायित्वभित्र पर्ने जिकिर गर्दै रास्वपाका नेताहरूविरुद्ध व्यङ्ग्य गरेका छन्।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिनालगानी त्यसको शेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, हैन र?’

यसअघि आजै बिहान एमालेकै पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि सामाजिक सञ्जालमा लामिछानेविरुद्ध लेखेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका