
काठमाडौं। रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
ती किशोरीमाथि मंगलबार राति सामूहिक बलात्कार भएको हो । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।