जोडिनुहोस
  • होमपेज
  • रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा। लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रूख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन्।

गत शनिबार वर्षा भइरहेको समयमा रूख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरूको परिवार बिचल्लीमा परेका छन्। रूख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताए।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रूख हटाउने तयारी गरिएको जानकारी दिए। रूख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका