जोडिनुहोस
  • होमपेज
  • लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबा?

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबा?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका