काठमाडौं। नेपाली बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मङ्गलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।