जोडिनुहोस
  • होमपेज
  • लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो

लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो

काठमाडौं। सुनको मूल्यमा लगातार वृद्धि भएको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका