जोडिनुहोस
  • होमपेज
  • ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुर। पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।

सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्धार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए ।

तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले २४ लाख प्रदान गरेको जानकारी दिए । उक्त रकम पर्याप्त नभएको उनले बताए ।

केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उपभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका