जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ’नम्बर वान’ बनाउन चाहन्छौँः मेयर महर्जन

ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ’नम्बर वान’ बनाउन चाहन्छौँः मेयर महर्जन

ललितपुर। ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियानको आज शुभारम्भ गर्दै मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि चार मिनेटभित्र दमकललगायतका सामग्री पुर्याई सक्नेगरी योजना तय गरिएको बताए ।

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबीसमेत गरे । उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि चार वटा सबस्टेशन बनाउने गरी अध्ययन भइरहेको र त्यो कामलाई चालू आर्थिक वर्षबाटै शुरू गर्ने जानकारी दिए।

उनले भने, ‘विपद् व्यवस्थापनमा ललितपुर महानगरपालिकालाई नम्बर वान बनाउन चाहन्छौँ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अगाडि बढिरहेको छ ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रभित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै पालिलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको बताए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका