जोडिनुहोस
  • होमपेज
  • लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी

लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी

बेरुत। आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आईडीएफले हवाई आक्रमणमा निशाना बनाइएको छ ।

इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको लेबनानको सरकारी समाचार एजेन्सीले भनेको छ । यसको प्रतिकारमा लेबनानले पनि उत्तरी इजरायलमा सैन्य केन्द्रहरूमा पनि आक्रमण गरेको बताइएको छ । ‘दुस्मनले सबै सीमा, नियम र रातो रेखालाई विस्फोट गरेर पार गरेको छ ।’

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले भनेका थिए । यसैबिच लेबनानभर पेजर र वाकीटकीमा भएको विस्फोटमा परेर कूल ३७ जनाको मृत्यु भएको थियो । घाइतेको सङ्ख्या पनि ३ हजार ५०० भन्दा बढी पुगेको बताइएको छ । नसरल्लाहले यी आक्रमणहरूलाई ‘नरसंहार’ भनेर भनेका छन् । यो हिजबुल्लाहका लागि ठुलो प्रहार भएको पनि उनले बताए । ‘यसलाई युद्ध अपराध भन वा युद्धको घोषणा– तपाईं यसलाई जे चाहनुहुन्छ भन्न सक्नुहुन्छ । यो शत्रुको नियत हो’ उनले भनेका छन् ।

अर्कोतर्फ इजरायलका रक्षामन्त्री योभ गालान्टले चाँहि इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको भनेका छन् । सन् २०२३ को अक्टोबर ८ मा गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ । त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँगको ऐक्यबद्धतामा इजरायलका कयौँ स्थानलाई निशाना बनाएर बमबारी जारी राखेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका