जोडिनुहोस
  • होमपेज
  • लैंगिक हिंसा अन्त्यका लागि १६ बुँदे माग राख्दै नागरिक संस्थाहरुद्वारा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र

लैंगिक हिंसा अन्त्यका लागि १६ बुँदे माग राख्दै नागरिक संस्थाहरुद्वारा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र

काठमाडौं। नेपालमा कार्यरत २६ वटा नागरिक संस्थाहरु लैंगिक हिंसा अन्त्यका लागि गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मुलुकमा अहिले पनि घरेलु हिंसाबाट ६५ प्रतिशत महिला प्रताडित भइरहेका भन्दै उनीहरुले यस्ता घटना रोक्नका लागि गृहमन्त्री लेखकलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

’नेपाल प्रहरीको गतवर्षको तथ्यांकलाई आधार मान्ने हो भने ७८ प्रतिशत घरेलु हिंसाको तथ्यांक देखिन्छ,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ’यस्ता हिंसा गर्ने व्यक्तिहरु मध्ये ८३ प्रतिशत जानपहिचानका हुन्छन् । लोकतान्त्रिक मुलुकमा यस्तो तथ्यांक हामी सबैका लागि चिन्ताको विषय हो । राज्यका तर्फबाट यस्ता गम्भीर विषयमा ध्यानाकर्षण गराउन चाहान्छौं ।’

महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहार, बलात्कार, बेचबिखन, हत्या, अपहरण, बालविवाह, एकल महिलामाथि हुने विभेद, मानसिक हिंसा र जातीय विभेदका आधारमा हुने लगायतका हिंसा अन्त्य गर्न तत्काल आवश्यक कदम उठाउन पनि पत्रमा अनुरोध गरिएको छ ।

यस्तै डिजिटल स्पेसले निम्त्याएका हिंसालाई न्यूनीकरण र अन्त्य गर्नका निम्ति विशेष पहल गर्न र हरेक नागरिकको डिजिटल अधिकार, सुरक्षा र गोपनीयता सुनिश्चित गर्नसमेत माग गरिएको छ । यस्तै नागरिक संस्थाहरुले सबै प्रदेश र जिल्ला तहमा साइबर ब्युरोको स्थापना गर्नुपर्ने समेत यी संस्थाले जनाएका छन् ।

यौनजन्य हिंसा, बलात्कार, शोषणबाट प्रभावित महिला, बालबालिका वा कुनै पनि व्यक्तिलाई तत्काल न्याय सुनिश्चित हुने गरी सुरक्षित आवास, पुर्नस्थापना, स्वदेश फिर्ती र जीवनयापनका आधारहरु सुनिश्चित गर्न समेत ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका