जोडिनुहोस
  • होमपेज
  • लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन्। लोसपाले सोनललाई आइतबार मधेस प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो। बाराबाट निर्वाचित सोनल लोसपाका मधेस प्रदेश अध्यक्ष पनि हुन्।

यसअघि संसदीय दलका नेता रहेका प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो। अदालतले दोषी ठहर गरेदेखि नै शर्मा सम्पर्कविहीन छन्।

लामो समयदेखि खाली रहेको लोसपाको मधेस प्रदेश संसदीय दलको नेता सोनललाई ल्याइएको छ। मधेस प्रदेशसभामा लोसपाका हाल ८ जना सांसद छन्। जनमत नेतृत्वमा सरकारमा लोसपा सहभागि छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका