जोडिनुहोस
  • होमपेज
  • वडाध्यक्ष मुकेशको हत्या आरोपमा एक महिनापछि दुई जना पक्राउ

वडाध्यक्ष मुकेशको हत्या आरोपमा एक महिनापछि दुई जना पक्राउ

जनकपुरधाम। महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका–७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतले चार दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । वडाध्यक्ष यादव भदौ ९ गते राति बर्दिबासमा साथीहरूसँग बसेका थिए । त्यहाँबाट घर आउन निस्किए पनि उनी अर्को दिन बिहान मृत भेटिएका थिए । उनी सवार मोटरसाइकल बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो भने उनको शव सडकको छेउमा भेटिएको थियो ।

वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु नभई कसैले हत्या गरी फालेको परिवारजनको दावी छ । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका