जोडिनुहोस
  • होमपेज
  • वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली

अमेरिका। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा बिहीबार आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए । स्वागत समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका