जोडिनुहोस
  • होमपेज
  • वायुसेवा कम्पनीले १६ असोजसम्म टिकटको माथिल्लो दरमा भाडा नलिने

वायुसेवा कम्पनीले १६ असोजसम्म टिकटको माथिल्लो दरमा भाडा नलिने

काठमाडौं। वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।

आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् ।

आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका