जोडिनुहोस
  • होमपेज
  • वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री!

वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री!

काठमाडौं। वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्काएको छ। आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिन देखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्काएको हो। अहिले अनलाइन र विमान कम्पनीका वेबसाइटमा १६ गतेसम्मका टिकट उपलब्ध छैन।

वायुसेवा कम्पनी यति एअरलाइन्सको वेबसाइटमा असोज १६ गते काठमाडौंदेखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ। जबकी यसअघि सामान्य अवस्थामा यतिले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो। त्यस्तै इसेवा मार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकटदर देखाएको छ।

संकटको अवस्था साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन। हरेक वर्ष चाड पर्वमा हवाई भाडादर अकासिने गरेको पाइन्छ। तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइदैन।

संघले आइतबार भनेको थियो, ’संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरूले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको ’अपर लिमिट’को भाडादरमा टिकट नबेच्ने निर्णय गरियो।’

अर्को तर्फ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झुटो प्रचार गरे। तर आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन।

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो, ’संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन्। मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन। देशमा हालै भएको बाढी पहिरोको विपद्का कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ। बिपद्को बेला राजमार्गहरू बन्द भएको र यात्रुहरू अप्ठ्यारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका