जोडिनुहोस
  • होमपेज
  • विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक

विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक

काठमाडौं। नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो।

असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो। एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ। असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो।

आव २०८१–८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ। कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायकसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका