जोडिनुहोस
  • होमपेज
  • विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति हरिचन्द्र

विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति हरिचन्द्र

काठमाडौं। भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ। सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन्।

‘पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ। उहाँले किन धम्की दिनुभयो। यसको पछाडि के उद्देश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौँ,’ सीआईबी स्रोतले भन्यो।

केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए। भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो। त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो। अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ।

‘प्रसाईंको नाममा पनि धम्की आएको भन्ने गुनासो थियो। अहिले झापाकै मान्छे पक्राउ परेकाले यस विषयमा थप गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सीआईबीका एक अधिकृतले भने।

जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन्। प्रसाईंलाई सीआईबीले नै मंसिर ४ मा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनीमाथि अहिले साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन्। उनीमाथि फिरौती असुली र हत्याको आरोप छ। पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए। उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका