जोडिनुहोस
  • होमपेज
  • विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी

विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

झापाबाट हरिचन्द्र फुँयाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। फुँयालमाथि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।

केही समयअघि चार जना व्यवसायीहरूले आफूहरूलाई धम्की आएको भन्दै उजुरी गरेका थिए। सोही विषयमा अनुसन्धान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी दुर्गा प्रसाईंका सहयोगीसमेत हुन्।

यता प्रसाईंलाई पनि प्रहरीले हिरासतमा लिएर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै आरोप लगाएका थिए।

लरेन्स विश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन्। उनी हाल भारतको जेलमा छन्। तर जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्।

उनको समूहमा ७ सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। क्यानडा, इटाली, अस्ट्रेलियासम्म उनको पहुँच रहेको समाचारमा उल्लेख छ।

लरेन्स विश्नोईले सन् २०१८ मा सलमान खानको हत्या गर्ने योजना बनाएका थिए। उनले पटक÷पटक मार्ने धम्की दिँदै आएका छन्।

यस्तै ६६ वर्षीय पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा उनकै ग्याङको संलग्नता छ। भारतका चर्चित गायक सिद्दु मुसेवालाको सन् २०२२ मा हत्या भएको थियो। यसमा पनि सोही ग्याङको संलग्नता रहेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका