जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो

काठमाडौं। फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।

कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे। खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो। निको गोन्जालेजले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो।

जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ। शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि छ। कोलम्बियाले ८ खेलमा ४ खेल जित्दा ४ बराबरी खेलेको छ। छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिनान भने १८ अंकसहित शीर्ष स्थानमै छ।

दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १–० ले पराजित गरेको छ। चिली बोलिभियासँग २–१ ले पराजित भएको छ। उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका