जोडिनुहोस
  • होमपेज
  • शाहरुख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन्?

शाहरुख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन्?

काठमाडौं। बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन्। शुक्रबार सार्वजनिक भएको हुरुन इन्डिया रिच लिस्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन्।

जस अनुसार शाहरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ। शाहरुखले अभिनयबाट कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज् रहेको छ भने आईपीएल टिम कोलकाता नाइट राइर्ड्स समेत रहेको छ।

त्यस्तै बलिउडमा शाहरुख खानपछि उनकै बिजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ। जुही चावलाको शाहरुख खानसँग रेड चिलिज् र कोलकाता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ।

त्यसपछि बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन्। ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ। ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन्।

अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ। अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरूमा रणनीतिक लगानी रहेको छ।

त्यस्तै पाँचौँ स्थानमा बलिउडका निर्माता एवम् निर्देशक करण जोहर रहेका छन्। करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ। करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन रहेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका