जोडिनुहोस
  • होमपेज
  • शेयरबजारमा ८ अंकको ‘करेक्सन’, साढे ८ अर्बको कारोबार

शेयरबजारमा ८ अंकको ‘करेक्सन’, साढे ८ अर्बको कारोबार

काठमाडौं। शेयरबजारमा आज ‘करेक्सन’ आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा थामिएको हो। यस दिन बजारमा कुल १ करोड ६६ हजार कित्ता शेयर किनबेच भए। सो किनबेचमा ८ अर्ब ५४ करोडको कारोबार भएको हो।

बिहीबार ५० वटा शेयर बढे पनि १९४ वटा घट्नपुगेका छन्। आज कुल ३ वटा सेयरमा सर्किट ब्रेक भएको छ। विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको र मानुषी लघुवित्तको भने सोही दरमा घटेको हो।

यसअनुसार बढ्ने कम्पनीका शेयरधनीले प्रतिकित्ता क्रमशः ४९५ रुपैयाँ र २५९.५० रुपैयाँ आम्दानी गर्दा मानुषीका शेयरधनीले २४९.९० रुपैयाँ गुमाएका छन्।

कारोबारतर्फ आज एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३१ करोड, नेपाल फाइनान्सको २९ करोडको उच्च शेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका