काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
परिसूचक १३.९ अंकले घटेको दिन आज ६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १७० वटा कम्पनीको सेयरमूल्य भने घटेको छ । यसबाहेक ८ वटा कम्पनीको सेयरमूल्य स्थिर कायम भएको छ । यसक्रममा आज ७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेको छ ।
१३ अंकभन्दा बढीले परिसूचक घटेपनि व्यापार समूहमा भने उछाल आएको छ । यो समूह २९ अंकले बढेको हो । यसबाहेक होटल तथा टुरिजम समूहमा कुनैपनि घटबढ भएको छैन । यता जीवन बीमा समूहमा १०० अंकको गिरावट आएको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहमा समेत ५३ अंकको गिरावट आएको छ । यीबाहेक अरु समूहमा समेत गिरावट आएको छ ।