जोडिनुहोस
  • होमपेज
  • शेयर बजार साढे ६२ अङ्कले बढ्यो, ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार

शेयर बजार साढे ६२ अङ्कले बढ्यो, ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार

काठमाडौं। हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज गुराँस लघुवित्त, शृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सानिमा ग्रोथ फन्डको शेयर भने झन्डै सात प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि निकै बढेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता शेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका