जोडिनुहोस
  • होमपेज
  • शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार

शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं। शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विशाल बजार, कर्णाली विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका