जोडिनुहोस
  • होमपेज
  • श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचन घोषणा

श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचन घोषणा

काठमाडौं। श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भएमा तत्काल संसद विघटन गर्ने कुरा स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसानायकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि उनले लोकतन्त्रको रक्षा र नेताहरूको सम्मान पुनर्स्थापना गर्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै, उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए । उनले भने, ‘म जादूगर होइन, म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका