जोडिनुहोस
  • होमपेज
  • श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

काठमाडौं। श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं आएका छन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका काठमाडौंस्थित श्रीलङ्कन दूतावासले जनाएको छ।

दूतावासका अनुसार उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएका हुन्। उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलङ्का दूतावासले गरिरहेको छ।

श्रीलङ्कामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्। श्रीलङ्कामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो। पछि उनी पुनः श्रीलङ्का फर्केका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका