जोडिनुहोस
  • होमपेज
  • श्रीलङ्काको पोष्टमा ६ गोल गर्दै नेपाल वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनलमा

श्रीलङ्काको पोष्टमा ६ गोल गर्दै नेपाल वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं। नेपालले वुमेन्स साफ च्याम्पियनसिप– २०२४ मा बिहीबार श्रीलङ्कालाई ६–० ले पराजित गरेको छ। दशरथ रङ्गशालामा प्राप्त यस जितपछि नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको छ।

नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार सातौँ पल्ट हो। नेपालले प्रतियोगिताका प्रत्येक संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ।

अब अन्तिम चारमा नेपालले भारत तथा डिफेन्डिङ च्याम्पियन बङ्गलादेशले भुटानको सामना गर्नेछ। दुवै सेमिफाइनल आइतबार हुनेछन्। समूह चरणका खेलको समाप्‍तिमा नेपाल र भुटान समान सात सात अङ्कमा रहे। गोल अन्तरको आधारमा नेपाल अगाडि रहेको हो। हारसँगै श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालका लागि आठौँ मिनेटमा सविता रानामगरले गोलको खाता खोलेकी थिइन्। त्यसपछि सावित्रा भण्डारीले ११ औं मिनेटमा दोस्रो गोल गरिन्। पेनाल्टी एरिया बाहिरबाट गरेको यो गोल उत्कृष्ट रह्यो।

सावित्राको नेपालका लागि यो ५४ औं गोल रह्यो। तेस्रो र चौथो गोल भने रेखा पौडेलको नाममा रह्यो। उनले १३ तथा ३६ औं मिनेटमा गोल गरिन् तथा नेपाल पहिलो हाफमा चार गोलले अगाडि रह्यो।

दोस्रो हाफको दोस्रो मिनेटमै अमिशा कार्कीले पाँचौ गोल गरिन्। रश्मिकुमारी घिसिङले दोस्रो हाफको इन्जुरी समयमा छैटौँ गोल गरिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका