जोडिनुहोस
  • होमपेज
  • संघीय संसदका चार समितिको बैठकः विविध एजेन्डामा छलफल हुने

संघीय संसदका चार समितिको बैठकः विविध एजेन्डामा छलफल हुने

काठमाडौं। संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन ।

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिने भएको छ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल गरिने समितिले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

उता, सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका