जोडिनुहोस
  • होमपेज
  • संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)
काठमाडौं। दलितका लागि दलित अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ।

खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले संविधान दिवसकै दिन बिहीबार माइतीघरमा प्रदर्शन गरेको हाे।

उनीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै प्रदर्शन गरेका हुन्।

‘दलितलाई खै, संविधान बन्यो दलितलाई खोइ, ‘लोकतन्त्र आयो दलितलाई खोइ, संसारभरीका दलित एक हाैँ, दलित एकता जिन्दावाद, छुवाछुत अन्त्य खै! लगायतका नारा लेखिएकाे प्लेकार्डसहित प्रदर्शन गरिएका छन्।

देशभर संविधान दिवस उल्लासपूर्वक मनाइरहँदा दलित अभियान्ताहरुले भने आफ्नो अधिकारका लागि प्रदर्शन गरिहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका