जोडिनुहोस
  • होमपेज
  • संसद्मा राजेन्द्र लिङदेनले भने– छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो

संसद्मा राजेन्द्र लिङदेनले भने– छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो

काठमाडौं। राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभई परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसद्लाई जानकारी गराउनुपर्ने माग गराएका हुन् ।

उक्त घटनाको कूटनीतिक तवरले अनुसन्धान गर्न उनले बताए । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठिक नभएकाले लाखौँ विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखे ।

उनले अहिले देशको अवस्था ठिक छैन भन्ने कुरा र छिमेकीहरूले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने यसबाट प्रमाणित भएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका