जोडिनुहोस
  • होमपेज
  • सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने?

सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने?

काठमाडौं। आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ।

सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ। कुनै कारणवश श्राद्ध रोकिएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ।

श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । श्राद्ध गर्नेहरुको काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका