जोडिनुहोस
  • होमपेज
  • सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

किमाथाङ्का। जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका