जोडिनुहोस
  • होमपेज
  • सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

ङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्याक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

ट्याक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। नदीले बगाएको उक्त ट्याक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका