जोडिनुहोस
  • होमपेज
  • सङ्खुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

सङ्खुवासभामा १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

सङ्खुवासभा। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सङ्खुवासभाबाट एक जनालाई पक्राउ गरेको छ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरिबहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हरिबहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका