जोडिनुहोस
  • होमपेज
  • समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सिरहा। ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ।

लहान नगरपालिकाले मङ्गलबार गरेको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जरिवाना गरिएको हो। अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेला पारेको छ भने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ।

कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छ भने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुगमन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका