जोडिनुहोस
  • होमपेज
  • सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान ३० मिनेट मात्र

सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान ३० मिनेट मात्र

काठमाडौं। सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्।

एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी उनले दिएका छन्। खाजा खाने समय दिउँसो साढे १ बजेदेखि २ बजेसम्म कायम गरिएको छ।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,’ उनले लेखेका छन्, ‘खाजा पनि खानुपर्छ। तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’

प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका