जोडिनुहोस
  • होमपेज
  • सरकारी वकिलले समय मागेपछि रविको थुनछेक बहस भएन

सरकारी वकिलले समय मागेपछि रविको थुनछेक बहस भएन

काठमाडौं। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

आइतबार विहान अदालतमा हाजिर भएका लामिछानेको न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान लिइएको थियो । आज नै थुनछेक बहस हुने बताइएपनि सरकारी वकिलले समय मागेकाले थुनछेक बहस हुन नसकेको हो । थुनछेक बहस नभएपनि लामिछानेलाई प्रहरी हिरासत पठाउने कि परिवारको जिम्मा लगाउने भन्ने विषयमा आज नै आदेश आउनेछ ।

लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका