जोडिनुहोस
  • होमपेज
  • सरकार निर्माण व्यवसायीका समस्या तत्काल समाधान गर्ने पक्षमा छः प्रकाशमान सिंह

सरकार निर्माण व्यवसायीका समस्या तत्काल समाधान गर्ने पक्षमा छः प्रकाशमान सिंह

काठमाडौ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उनले निर्माण व्यवसायीहरूका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । उनले सरकारले निर्माण व्यवसायीहरूको हितमा गरेका कामहरू आउने दिनमा पुष्टि हुने उल्लेख गरे । कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले भोग्नुपरेका नीतिगत, ऐन, कानुन र नियमावलीहरूका अप्ठ्याराहरू चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले वर्तमान सरकार निर्माण व्यवसायीहरूका जायज मागहरू समाधान गर्ने पक्षमा रहेको बताए । उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न पहल भइरहेको बताए । उनले निर्माण व्यवसायीहरूको निर्माणका लागि भुक्तानी सहज होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरूलाई संशोधन गरेर पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने ‘निर्माण व्यवसायीहरूले काम गर्दैगर्दा देखिएका समस्या र अप्ठ्याराहरू सरकारलाई पुनः जानकारी दिनुभएको छ । निर्माण व्यवसायीहरूले जुन खालका अप्ठ्याराहरू भोग्नुभएको छ । जसमा नीतिगत ऐन कानुनहरू, अव्यवहारिक भएका नियमावलीहरूका विषयमा सरकारलाई जानकारी दिनुभएको छ । जसमा निर्माण व्यवसायीहरूका जायज मागहरू छन् । त्यसलाई नेपाल सरकारले समाधान गर्ने पक्षमा छ । जतिसक्दो चाँडो समस्या समाधान गर्न कसरी सकिन्छ । त्यसमा सरकारले विशेष ध्यान दिएर काम गरिरहेका छौँ । आगामी दिनमा आउने परिणामबाट व्यवसायीहरूले थाहा पाउनु हुनेछ । निर्माण व्यवसायीहरूको निर्माणको काम गर्न र भुक्तानी सहज रूपमा होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरूलाई संशोधन गर्ने काम गर्छौँ ।’

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माणको भुक्तानी व्यवसायीहरूलाई भन्दा बढी पेचिलो सरकारलाई भएकाले दसैँअघि नै भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी रहेको बताए । उनले अर्थमन्त्रालयको दसैँअघि भुक्तानी सक्ने तयारी अनुरूप सहरी विकास अन्तर्गतका आयोजनाहरूको विवरण दिएको पनि बताए ।

उनले सहरी विकास मन्त्रालय अन्तर्गतको गत आर्थिक वर्षको भुक्तानी दिनुपर्ने ५६ करोड भुक्तानीको स्रोत समेत पहिचान गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख गरे । उनले सहरी विकास मन्त्रालयको हकमा निर्माण व्यवसायीहरूको भुक्तानीमा समस्या नभएको दाबी गरे ।

उनले चालु आर्थिक वर्षमा पनि सहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरूबाट निर्माण व्यवसायीहरूले भुक्तानी पाएन भन्ने अवस्था नहुने बताए । उनले मन्त्रालयले भुक्तानी गर्नुपर्ने आयोजनाहरू थोरै रहेको बताए । उनले नेपाल सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसकेको कारण निर्माणको काम रोकिएको अवस्था आए १४ औँ पटक नियमावली संशोधन गर्न मन्त्रालय तयार रहेको बताए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका