जोडिनुहोस
  • होमपेज
  • सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः माओवादी सांसद शर्मा

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः माओवादी सांसद शर्मा

काठमाडौं। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ’ उनले भने ।

उनले आफूसहितका धेरै सांसदहरले बारम्बार संसदमा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाइ सुरक्षित बासस्थानमा सार्न नसकेको बताएका हुन् ।

उनले दोस्रो किस्ताको वितरण नभएको बताए । सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको बताए ।

आफैँ निर्माण शुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभाव लगायतको समस्या झेल्नुपरेको बताए । अस्थायी आवास निर्माणको स्थिति हेर्दा पुनः निर्माणमा झन ढिलाइ हुने स्थिति रहेको बताए ।

उनले भने– ‘फेरि म जाजरकोट भूकम्पको बारेमा आफ्ना भनाइ राख्दछु । हामी १७ औं अधिवेशनको संघारमा छाँै । सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ । सरकारले सच्याउने मेहनत गर्दैन ।’

सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताए । सरकार पुनःनिर्माण कार्यविधि समेत हचुवाको भरमा बनाएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका