जोडिनुहोस
  • होमपेज
  • सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुईजनाको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्।

पुस ६, २०९३ मा टेकप्रसाद ढुङ्गाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन्।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन्। उनी मुख्य रजिष्ट्रारबाटै उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन्। उनी गत मङ्सिरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका