जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो

काठमाडौं। सभामुख देवराज घिमिरेले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका छन्।

समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरे लगत्तै सभामुख घिमिरेले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन्।

समितिले सोमबार नै प्रतिवेदन तयार गरी सभामा पेस गरेको थियो। सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गरेका थिए।

समितिले जेठ २३ गतेबाट काम थालेको थियो। समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो। बैठकले जीबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो।

४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए। उनले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिए। फरार सूचीमा रहेका २ जनाहरूको भनाइलाई पनि समेटेको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका