जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसद्मा पेस हुँदै

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसद्मा पेस हुँदै

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसद्मा पेस गर्ने भएको छ। समितका सभापति सूर्य थापाले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेस गर्ने भएका हुन्।

एमाले सांसद थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो। सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो।

समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरि ६३ वटा बैठक गरेको थियो। समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्रप्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडूले समितिको सदस्यको रुपमा काम गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका