जोडिनुहोस
  • होमपेज
  • साउदीमा ४० नेपाली कामदार अलपत्र

साउदीमा ४० नेपाली कामदार अलपत्र

नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरू अलपत्र परेका हुन्। यो समूहमा दुई महिनादेखि दुई वर्षसम्म साउदी पुगेकाहरू छन्। ती नेपालीलाई कम्पनीले काम दिएको छैन। खाना पनि दिइएको छैन।

४ महिनाअघि साउदी पुगेका जितेन्द्रकुमार महराले अहिलेसम्म ६ सय रियालमात्रै तलब पाएको बताए। उनी सगरमाथा कम्पनीबाट अलअदवावाद कम्पनीमा आएका थिए।

‘चार महिनामा तीन महिनाको तलब दिएको छैन। अब दुई महिनामात्रै परिचयपत्रको म्याद बाँकी छ। तलब माग्दा कम्पनीले तिमीहरू हाम्रो मान्छे होइन, हामी जिम्मेवार छैन भन्छ। हामी अलिकति बढी कराउँदा प्रहरी बोलाइदिन्छ। हामीलाई जसरी भयो पनि उद्धार गर्नुपर्‍यो,’ उनले भने।

ती श्रमिकहरू अलहदवा र अलसुल्तान सप्लाई कम्पनीमा आएका हुन्। त्यहाँ भएकामध्ये पुराना श्रमिकको परिचय पत्र (अकामा) नवीकरण भएको छैन। अकामा नभएकाले सप्लाइ कम्पनीले काम गर्न पठाएका रोजगारदाता कम्पनीले कामबाट निकालिदिएको छ। उनीहरूलाई सप्लाइ कम्पनीले जेद्दा, यन्वु, जुवेलमा पठाएका थिए। त्यस ठाउँबाट निकालिदिएपछि सप्लाइ कम्पनीले अलकसिममा ल्याएर राखेको हो।

नेपाली दूतावास अलकासिमका प्रतिनिधि विशाल श्रेष्ठ पीडितहरूलाई क्याम्पमा नै भेट्न पुगेका थिए। उनले २० जना नेपाली श्रमिकलाई नेपाल पठाउनको लागि एक्जिट पेपर बनाउन श्रम कार्यालयमा प्रक्रिया अगाडि बढाइएको बताए। उनका अनुसार दुई जना नेपाली श्रमिकलाई बिहीबार नेपाल पठाइएको छ।

पीडितहरूले आफ्नो समस्या समाधान गर्न म्यानपावरले समयमा काम नगरिदिएको बताए। पीडितहरूलाई भेट्न क्याम्पमा पुगेका एनआरएनए आरसीसी अलकासिमका प्रवक्ता अली अर्सिन पीडितहरुको उद्धारको लागि पीडित र नेपाली दूतावाससँग समन्वय भइरहेको बताए।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?