जोडिनुहोस
  • होमपेज
  • साढे ४ लाख घुससहित वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी पक्राउ

साढे ४ लाख घुससहित वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी पक्राउ

धनुषा। घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिने जनकपुरधाम उपमहानगरका एक वडाध्यक्ष, सचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका एकजना सेवाग्राहीसँग उनको वडा नम्बर २४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका