जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिपः फाइनल खेलका लागि यी स्थानमा तोकिएका छन् पार्किङ

साफ च्याम्पियनसिपः फाइनल खेलका लागि यी स्थानमा तोकिएका छन् पार्किङ

काठमाडौं। नेपाल–बंगलादेशबीचको साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो। कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।

करिडोर क्षेत्रमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन राख्न सकिनेछ। काठमाडौंको भ्युटावर पुरानो बसपार्कमा पनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे राख्न सकिनेछ।

धरहरामा पनि दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ। नेपाल–बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरु हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका