जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न गृह मन्त्रालयको अनुरोध

सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं। गृह मन्त्रालयले सामाजिक सञ्जालबाट द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुऱ्याउने घृणाजन्य अभिव्यक्तितर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेको तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा वर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।”

मन्त्रालयले नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति सदैव सचेत रहेको उल्लेख गर्दै संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि क्रियाशील र प्रतिबद्ध रहेको पनि जनाएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका