जोडिनुहोस
  • होमपेज
  • सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी

काठमाडौं। सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित भएका छन्।

ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौँ अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन्।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्य श्रीधर न्यौपानेले जानकारी दिए।

यस्तै, केही प्रदेश समितिका संयोजक, सदस्य र समितिका सदस्यमा केही निर्विरोध निर्वाचित भएका छन् बाँकीको आइतबार ३ बजेसम्म निर्वाचन सकिसक्ने तयारी भइरहेको सदस्य न्यौपानेले जानकारी दिए। उनका अनुसार दिउँसो १ बजेबाट निर्वाचन सुरु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका